Skip to content

भारतले दिन थाल्यो कटौती गरेको बिजुली

काठमाडौं । आफ्नै नै माग बढेपछि ६० मेगावाट मात्रै विद्युत दिएको भारतले अब भने ४ सय मेगावाट दिन थालेको छ ।

भारतले ४ सय मेगावाट विद्युत दिन थालेपछि नेपाललाई राहत मिलेको प्राधिकरणका अधिकारीहरुको भनाइ छ । मंगलबार देखि ४०० मेगावाट विद्युत रातिको समयमा पनि आउन थालेको छ । भारतले यसअघि दिउँसो विद्युत दिएको भएपनि राति भने दिएको थिएन । अहिले भारतले रातिको समयमा दिएको बिजुली उद्योगलाई दिइएको प्राधिकरणले जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

भारतले केही समयअघि ६०० मेगावाट बिजुलीलाई कटौती गरेर ५० मेगावाट मात्रै दिएको थियो । जसले गर्दा उद्योगमा १३ घण्टासम्म विद्युत कटौती भएको थियो ।

प्राधिकरणका अनुसार जलाशय र सौर्य ऊर्जा सहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट छ । हालको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र सो समयमा अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट छ । नपुग विद्युत भारतबाट आयात गरि आपूर्ति गर्ने गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्