Skip to content

नामी र सेरेसका गाडीमा ‘प्री बजेट ब्याश’ अफर

काठमाडौं । इलेक्ट्रिक गाडीको ब्रान्ड डोङफेङ र सेरेसले ‘प्री बजेट ब्याश’ अफर ल्याएका छन् ।

आज देखि २२ गतेसम्म ग्राहकहरूले स्टाइलिश नामी गाडी मात्र ५ लाख ९९ हजार रुपैयाँमा वा पावरफुल सेरेस ईभीमा ८ लाख ९९ हजार रुपैयाँमा घर लैजान सक्नेछन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो अफर नेपालभर रहेका नामी र सेरेस शोरूमहरूमा लागू हुनेछ । अफर अन्तर्गत ग्राहकहरूले नयाँ ईभी गाडी एक्सपिरियन्स गर्न, टेस्ट ड्राइभ गर्न र पुराना गाडी साटफेर गर्ने एक्सचेन्ज क्याम्पमा सहभागी हुन सक्नेछन् जसले विद्युतीय गाडीमा स्विच गर्न अझ सजिलो बनाउने जनाएको छ ।

नामीमा ग्राहकहरूले अधिकतम १ लाख रुपैयाँसम्मको विशेष लाभ पाउनेछन् भने सेरेसमा यो लाभ २ लाख रुपैयाँसम्म हुनेछ। दुवै गाडीमा छिटो डेलिभरीको सुविधा उपलब्ध छ । ग्राहकहरूले गाडीको चाबी केवल दुई वर्किंग डेमै प्राप्त गर्न सक्नेछन् ।

यस अभियानमा दुईवटा रोचक लक्की ड्र पुरस्कार पनि रहेका छन्। गाडी बुकिङ गर्नेमध्ये एक भाग्यमानी जोडीले थाइल्याण्डको ट्रिप जित्नेछन् भने टेस्ट ड्राइभमा सहभागी हुने एकजना भाग्यमानीले आइफोन १६ प्रोम्याक्स पाउनेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्