Skip to content

सेबोन अध्यक्ष सन्तोष नारायण श्रेष्ठको स्वाभिमान लघुवित्तमा ४.३६ प्रतिशत स्वामित्व

nabil bank

काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठको नाममा स्वाभिमान लघुवित्त वित्तीय संस्थामा ६३ लाख ७८ हजार ३०० रुपैयाँको ६३ हजार ७८३ कित्ता सेयर स्वामित्व छ । संस्थामा उनकोे ४.३६ प्रतिशत सेयर स्वामित्व छ ।

संस्थामा सबैभन्दा बढी प्राइम कमर्शियल बैंकको १४.५५ प्रतिशत, पसन्न प्रधानको १३.९० प्रतिशत, राजु कुमार श्रेष्ठको ८.७३ प्रतिशत, सुनिल नारायण श्रेष्ठको ४.३६ प्रतिशत, प्रज्ञा थापाको ४.८५ प्रतिशत, रघु कुमार श्रेष्ठको २.४२ प्रतिशत, देवी दत्त ज्ञवालीको १.९४ प्रतिशत, हरी प्रसाद पोखरेलको १.९४ प्रतिशत, परशुराम ढकालको १.९४ प्रतिशत, बालकृष्ण पाण्डेको १.९४ प्रतिशत, कृष्ण प्रसाद अर्यालको १.९४ प्रतिशत, राज कृष्ण श्रेष्ठको १.६२ प्रतिशत सेयर स्वामित्व छ ।

यस्तै गिरीराज पाठकको ०.९७ प्रतिशत, राम बहादुर कार्कीको ०.९७ प्रतिशत, मधुसुदन कुमार श्रेष्ठको ०.९७ प्रतिशत सेयर स्वामित्व छ ।

संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । आज बस्ने बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi