काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीले जेठ ९ गतेका लागि २९ औँ वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त सभाले मुख्य रूपमा चुक्ता पुँजीको ७ प्रतिशत अर्थात् १०० कित्ता सेयरका लागि ७ कित्ताका दरले बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ । साथै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालु आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते १ दिन बुक क्लोज गर्ने जनाएको छ । बुक क्लोजको आधारमा वैशाख २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरूले मात्र कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्