Skip to content

विद्युत प्राधिकरण सवा ५ अर्ब नोक्सानीमा, ठेकेदारलाई तिर्न ११ अर्ब ६१ करोड बाँकी, १० अर्ब अल्पकालीन ऋण लिँदै

काठमाडौ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले आज शुक्रबार श्वेतपत्र सार्वजनिक गरेका छन् ।

उनले प्राधिकरणमा पत्रकार सम्मेलन गरेर श्वेत पत्र सार्वजनिक गरेका हुन् । उनले ७५ पेजको श्वेत पत्र सार्वजनिक गरेका हुन् । उनले श्वेत पत्र जारी गर्दै हाल प्राधिकरण ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा रहेको जनाएका छन ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आव २०८०/८१ सम्म प्राधिकरणको कुल संचित नाफा करिब ४६ अर्ब ४७ करोड रहेको छ भने चालु आवको फागुन मसान्तसम्म नाफा ९ अर्ब ४८ करोड भएको छ । तर आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबी सहितको नाफा नोक्सान गणना गर्दा हालसम्म कुल ५ अर्ब २६ करोड रुपैयाँ नोक्सानीमा छ ।

प्राधिकरणले चालु आवको फागुन मसान्तसम्म भएको ठेक्कापट्टाअन्तर्गत भुक्तानी गर्न ११ अर्ब ६१ करोड बाँकी छ । जुन भुक्तानी दिन सकिएको छैन । हालसम्म प्राधिकरणको केन्द्रीय कोषमा मौज्दात रहेको करिब १० अर्ब १० करोड रकममध्ये डलर तथा नेरू मुद्दती खातामा ३ अर्ब ६८ करोड र धरौटी खातामा ३ अर्ब ९५ करोड रहेको छ ।

२ अर्ब ४७ करोड चालु खातामा रहेको छ जुन दैनिक संचालनको लागि न्यूनतम जगेडा हो । यसरी निर्माण कार्यको बाँकी भुक्तानीको लागि जगेडा नरहेको हुँदा १० अर्बसम्म अल्पकालीन ऋण लिने प्रक्रिया अगाडि बढेको छ ।

सरकारलाई भुक्तानी गर्नुपर्ने ऋणको ब्याज २९ अर्ब ५ करोड र टनकपुर विद्युत बापत ३ अर्ब गरी कुल ३२ अर्ब ५ करोड अर्ब दायित्व बाँकी रहेको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्