Skip to content

राष्ट्रपतिबाट नीति तथा कार्यक्रम प्रस्तुत, उच्चस्तरिय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा उच्चस्तरिय आर्थिक सुधार आयोगको प्रतिवेदन आयोगको प्रतिवेदन कार्यान्वयन गरिने उल्लेख छ ।
Hyundai
नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा अहिले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम वाचन गरिरहेका छन्। राष्ट्रपति पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति हस्तान्तरण गरे ।
 सचिवालयले विशेष प्रवेश पाससहति ४०० भन्दा बढी अतिथिलाई नीति तथा कार्यक्रम प्रस्तुत समारोहमा निमन्त्रणा गरेको छ । नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
सचिवालयले यही वैशाख २२ देखि २८ गतेसम्म सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची यसअघि नै तय गरिसकेको छ ।
यही वैशाख ३० गते विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुनेछ । नेपालको संविधानअनुसार प्रत्येक वर्ष जेठ १५ गते सरकारको आगामी आर्थिक वर्षको बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्ने व्यवस्था छ ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्