Skip to content

रेमिट्यान्सबाट आएको पैसा जलविद्युत् आयोजना निर्माणमा लगाइने

काठमाडौं । नेपाली युवाले विदेशबाट पठाएको रेमिट्यान्स जलविद्युत् आयोजना निर्माणमा लगाइने भएको छ ।

आज स‌युक्त संसदमा आगामी आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

जनताको जलविद्युत् आयोजनाअन्तर्गत स्वदेशी पुँजी परिचालन गरी आयोजना अघि बढाइने सरकारको तयारी छ । विद्युत् खपत वृद्धि तथा खनिज इन्धन न्यूनीकरण गर्न घरायसी, कृषि, यातायात तथा पर्यटकीय क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग बढाउने सरकारको तयारी छ ।

ऊर्जा सुरक्षा कायम गर्नको लागि पनि बहुउद्देश्यीय आयोजनाको लागि उपयुक्त मोडेल अपनाइने सरकारको तयारी छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्