Skip to content

एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटलमा उद्घाटन हुने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गर्ने बाटो खुला भएको छ । सर्वोच्च अदालतमा दायर भएको मुद्दा शुक्रबारसमेत हेर्न
नमिल्ने भएसँगै शनिबारदेखि एकताको महाधिवेशन गर्ने बाटो खुला भएको हो ।

एनआरएनए एकताको महाधिवेशन शनिबारदेखि सोमबारसम्म (२०–२२ वशाखमा) राजधानीको हायात होटलमा हुँदैछ । शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासमा उक्त मुद्दा परेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

संघको ११ औं महाधिवेशनबाट निर्वाचित भएको दाबी गर्दै आएका बद्री केसीले
एकता महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए ।
यसअघि परराष्ट्र मन्त्रालयको सिफारिसको आधारमा महान्यायाधिवक्ताको
कार्यालयले समेत एकताको महाधिवेशन पर सार्न सर्वोच्चमा निवेदन दिएको थियो।

तर, सोविरुद्ध फेरि उच्चस्तरीय समितिको पक्षमा राजेशशमशेर राणाले
तोकिएकै मितिमा महाधिवेशन हुनुपर्ने जिकिर गर्दै अर्को मुद्दा दायर गरेका
थिए । दुवै मुद्दालाई अदालतमा एकसाथ सुनुवाइ गर्नेगरी पेसी तोकेको भएपनि
हेर्न नमिल्ने हुँदै आएकोमा बुधबार पनि सोही क्रमले निरन्तरता पायो ।
अदालतले अर्को पेसी तोकिसकेको छैन ।

सर्वोच्चमा शुक्रबार पनि दुवै पक्षको मुद्दा एकसाथ राखेर सुनुवाइ
गर्ने गरी पेसी तोकिँदा न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नृपध्वज
निरौलाको संयुक्त इजलासमा मुद्दा हेर्न नमिल्ने भएको हो।

एकता महाधिवेशनमा भाग लिन विश्वभरका एनआरएनहरु काठमाडौँमा भेला भै रहेका छन् । उच्चस्तरीय समिति तथा निर्वाचन समितिले शुक्रबारदेखि नै होटेल
हायातबाट काम सुरु गरिसकेका छन्। समितिले सबै डेलिगेटहरुलाई होटेल
हायातमै गएर शुक्रबारभित्रै डेलिगेट शुल्क तिरी सक्न अनुरोध गरेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्