Skip to content

एनआरएनए कार्ड छिटै वितरण हुने परराष्ट्र मन्त्री राणाको दाबी 

nabil bank

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैर आवासीय नेपाली(एनआरएनए)को परिचयपत्र(एनआरएनए कार्ड) मस्यौदाको अन्तिम चरणमा रहेको भन्दै छिटै नयाँ रूपमा वितरण गर्ने बताएकी छन् । एनआरएनएको एकता महाधिवेशन उद्घाटन सत्रमा बोल्दै परराष्ट्र मन्त्री देउवाले परराष्ट्र मन्त्रालयमा मस्यौदा भइरहेको विधेयकलाई अन्तिम रूप दिँदै कार्ड वितरण हुने कुरातर्फ सङ्केत गर्दै यस्तो बताएकी हुन् ।

सर्वोच्च अदालतको फैसला अनुसार पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा शनिवारदेखि एकता महाधिवेशन सुरु भएको छ। उक्त महाधिवेशनको उद्घाटन सत्रमा बोल्ने एनआरएनएका पूर्व अध्यक्षहरूले परिचयपत्रको बारेमा प्रश्न उठाएपछि परराष्ट्र मन्त्री देउवाले छिटै वितरणको वाचा गरेकी हुन् ।  परराष्ट्र मन्त्री देउवाले सर्वोच्चको फैसला कार्यान्वयन गर्ने दायित्व अन्तर्गत एकता महाधिवेशन भएको भन्दै सबै गैर आवासीय नेपालीहरूलाई मिलाएर लैजान पनि शुभकामना दिइन् । उनले नेपालीहरूको एकताले नै देशलाई सहयोग पुग्ने भन्दै विवादलाई सबैले बिर्सेर एकता गर्न आग्रह गरिन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime