काठमाडौं । यो साता नेप्से परिसूचक करिब साढे १.२९ प्रतिशत घटेर बन्द भएको छ। गत साता २६५८.०२ विन्दुमा बन्द भएको नेप्से, ३४.१९ अंक घटेर २६२३.८३ विन्दुमा झरेको छ।
यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये ३ कारोबार दिन नेप्से घटेको थियो भने १ कारोबार दिन बढेर बन्द भएको थियो। यो साता सेन्सेटिभ इण्डेक्स ५.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.२७ अंक घटेको छ।
यो साता नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। गत साता दैनिक औसतमा ८ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औसतमा ९ अर्ब १८ करोडको शेयर किनबेच भएको छ।
गत साताको तुलनामा यस साताको दैनिक औसत कारोबार रकम १२.०५ प्रतिशत बढेको हो। यस साता दैनिक औसत सेयर संख्या १५.२५ प्रतिशत बढेको छ भने दैनिक सत कारोबार संख्या ८.६३ प्रतिशत बढेको छ।
गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब १९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पुँजीकरण, यो साता ५६ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ६२ अर्ब रुपैयाँमा सीमित भएको छ। यो साता नेप्सेको कुल बजार पुँजीकरण करिब साढे १ प्रतिशत घटेको छ।
यो साता १३ वटा उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५० प्रतिशत बढेको छ। गत साता ४४६४.२५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६७ अंक बढेर ४५३१.२५ विन्दुमा पुगेको छ। त्यस्तै, यस साता जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढको छ।
कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.६८ प्रतिशत घटेको छ। गत साता २३७५.९५ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६३.७५ अंक घटेर २३१२.२० विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १२२.०६ अंक घटेको छ।
यो साता नेप्सेमा ९५ लाख ८७ हजार ४७१.९३ कित्ता सूचीकृत भएको छ। यस साता मिथिला लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र ग्रिन भेन्चर्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत भएको हो।
यस साता क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ४६.३८ प्रतिशत बढेको छ। गत साता ७८३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको यस लघुवित्तको शेयरमूल्य, यस साता १ हजार १४७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यस्तै, यस साता नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको शेयरमूल्य पनि ४६.३८ प्रतिशत बढेको छ। कारोबारमा आएको श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको शेयरमूल्य यस साता सर्वाधिक १०.०४ प्रतिशत घटेको छ।






प्रतिक्रिया दिनुहोस्