Skip to content

प्रधानमन्त्रीसँग जापानी राजदूतको शिष्टाचार भेट

nabil bank
काठमाडौँ, २१ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीसँग आाइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा नेपालका लागि जापानी राजदूत राजदूत माइदा तोरुले शिष्टाचार भेट गर्नुहुँदै । सौजन्य तस्बिरः प्रधानमन्त्रीको सचिवालय÷रासस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो ।

आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सव पर्ने र सन्दर्भमा पनि कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

भेटका अवसरमा परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime