Skip to content

आरके शर्माले भनेः संस्था बचाउनका लागि एनआरएनए अध्यक्षमा मैले त्याग गरेँ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ता आरके शर्माले संस्था बचाउनका लागि एकता महाधिवेशनबाट आफूले अध्यक्ष पदमा त्याग गरेको प्रतिक्रिया दिएका छन् ।

एकता महाधिवेशनबाट महेश श्रेष्ठ निर्वाचित भएसँगै शर्माले भने आइतबार संस्था बचाउनका लागि आफूले त्याग गरेको प्रतिक्रिया दिएका हुन् । ‘एकता महाधिवेशनमा ८० प्रतिशत डेलिगेट्स मध्यपूर्वबाटै हुँदाहुँदै पनि संस्था बचाउनका मैले त्याग गरेको हुँ’, शर्माले भने । यद्यपि मध्यपूर्वका एनआरएनए यसपटक पनि निराश भएको उनले बताए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

‘एनआरएनएमा सधैं मध्यपूर्व नै मारमा पर्दै आएको छ’, उनले भने, ‘संस्था बचाउनका लागि जित्ने पद पनि साथीभाइलाई दिएर सर्वसम्मत बनाउन सहयोग गरेँ ।’

शनिबार उद्घाटन समारोहमा शर्माले मध्यपूर्व सधैं संघको नेतृत्वमा पुग्नबाट हेपिएको बताएका थिए । शर्माले ७५ प्रतिशत रेमिट्यान्स पठाउने श्रमिकको क्षेत्रबाट गैरआवासीय नेपाली संघको नेतृत्व हुनुपर्ने बताएका थिए ।

निर्वाचन भएको खण्डमा शर्मा नै अध्यक्ष हुने स्थिति रहे पनि सहमति गर्ने भनेर कांग्रेस निकट महेश श्रेष्ठलाई नेतृत्व दिइएको बताइएको छ । एनआरएनएको बद्री केसी पक्षको सहभागिता बिनै उच्चस्तरीय समितिका संयोजक शेष घलेले एकताको महाधिवेशन गराएका हुन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्