Skip to content

आइएमई लाइफ इन्स्योरेन्सको नाफा १०.४९ प्रतिशतले बढ्यो

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३६ करोड ६३ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो नाफा गत आवको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीको नाफा ३३ करोड १५ लाख ६० हजार रुपैयाँ रहेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी ९८ करोड ७७ लाख ७७ हजार रहेको छ । गत आवको सोही अवधिमा ९६ करोड १३ लाख ९० हजार रुपैयाँ रहेको थियो ।

यो अवधिमा कम्पनीको कमिशनबाट हुने आम्दानी ३ करोड ५१ लाख ६२ हजार रुपैयाँ छ । ५ अर्ब चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ ४२ करोड ५६ लाख १६ हजार रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ९.७७ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १३२.६७ रुपैयाँ छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्