काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको चैत मसान्तसम्म १५ करोड ३ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा संस्थाको नाफा ४०.१९ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा संस्थाको नाफा १० करोड ७२ लाख ३७ हजार रुपैयाँ रहेको थियो ।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी २०.४२ प्रतिशतले बढेर ५३ करोड ७२ लाख १ हजार रुपैयाँ पुगेको छ ।
यस्तै सञ्चालन नाफा ४०.२१ प्रतिशतले बढेर २१ करोड ४७ लाख ८९ हजार रुपैयाँ पुगेको छ । ६१ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा ६२ करोड ९१ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
संस्थाले ३ अर्ब ४२ करोड ३७ लाख ९९ हजार रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले ९ अर्ब ७० करोड ९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।
संस्थाको निष्कृय कर्जा ०.३७ प्रतिशतले बढेर ४.४८ पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी ३२.३९ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ २०१.६६ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्