Skip to content

लिपमोटरको बी१०को नयाँ गाडी चीनमा सार्वजनिक, साउनभित्रै नेपालमा बिक्री हुने

काठमाडौं । लिपमोटरले नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । चीनमा भएको २१औँ ‘अटो सांघाई २०२५’ मा नयाँ सवारी सार्वजनिक गरेको हो । लिपमोटरको बी १०को सेडान–१७७ र २१५ एचपी विद्युतीय सवारी सो कार्यक्रममा चीनमा सार्वजनिक गरिएको हो ।

जसलाई कम्पनीले बहुप्रतिक्षीत भनेको छ । कम्पनीले बी–१० सिरिजकै गाडी नेपालमा ल्याउने र साउनभित्रै बिक्रीको तयारी गरेको जनाएको छ । एकपल्टको चार्जमा पाँच सय किमीसम्म रेन्ज दिने गाडी रहेको कम्पनीले जनाएको छ

अर्घाखाँची सिमेन्ट
Hyundai

आगामी साउनसम्म नेपालमा भित्र्याइसक्ने लिप मोटर्सको नेपालको आधिकारिक बिक्रेता सांग्रिला मोटर्सले जनाएको छ । यो गाडी विश्व बजारमा प्रवेशको तयारीमै रहेको ‘अटो सांघाई २०२५’मा जानकारी गराइएको थियो । यो गाडी वातावरणप्रति सचेत र प्रविधिमैत्री रहेको जनाइएको छ ।

सांग्रिला मोटर्स गोल्छा अर्गनाइजेसनको सदस्य पनि हो । सांग्रिला मोटर्सका नायब महाप्रबन्धक किरण श्रेष्ठका अनुसार साउन २१ गतेदेखि काठमाडौंमा सुरु हुने नाइमामा यो गाडी सार्वजनिकको तयारी छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफेक्चरर्स एसोसियसन । (नाइमा) नाडाबाट फुटेर बनेको संस्था हो ।

नाइमा अटोमोबिलिटीको थिंक ट्यांकको रुपमा काम गर्ने गरी बनाइएको संस्था पनि हो ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्