Skip to content

गभर्नर नियुक्तिः आरजुमार्फत शेरबहादुर कन्भिन्स गर्ने दाउमा कामु गभर्नर तिम्सिना, भट्ट ढुक्क

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंक ऐन २०५८ मा भएको व्यवस्था अनुसार तोकिएको समयमा गभर्नर नियुक्त नगर्दा यो विषय निकै पेचिलो बन्दै गएको छ ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २५ मा ‘नेपाल सरकारले बहालवाला गभर्नरको पद रिक्त हुनुभन्दा सामान्यतया एक महिना अगावै गभर्नरको पदमा यस ऐनबमोजिम नियुक्त गरी सोको सूचना सार्वजनिक रूपमा प्रकाशन प्रसारण गर्नेछ’ भनेको छ । तर, यो सरकारले राष्ट्र बैंकबाट निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएको १ महिना हुन लाग्दासम्म गभर्नर छनोट गर्न सकेको छैन ।

अर्घाखाँची सिमेन्ट
Hyundai

गभर्नर छनोट सिफारिस समितिका सदस्यमध्येका पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि निवर्तमान गभर्नर अधिकारीलाई सदस्य बनाइएको छ । तर, समितिको बैठक बस्न सकेको छैन ।

रकारले राष्ट्र बैंक ऐनअनुसार काम गरेको थियो भने फागुन २३ गते अगावै गभर्नर नियुक्त गरिसक्नुपर्ने हो । अहिले करिब दुईतिहाइको बहुमत तथा मजबुत सरकार छ । तै पनि समयमा नै गभर्नर नियुक्त गर्न सकेको छैन । गभर्नर हुनका लागि कैयौं लब्ध प्रतिष्ठित व्यक्ति निकै मेहनत गरेर लागेका छन् ।

गभर्नरका रेसमा जति नै भए पनि सरकारको मुख्य प्राथमिकतामा डा गुणाकर भट्ट, डा. निलम ढुंगाना तिम्सिना, पूर्वमुख्य सचिव राजेन्द्र किशोर क्षेत्री थिए । अर्थ मन्त्रालय मातहतका सार्वजनिक निकायमा ६५ वर्ष उमेर नाघेका व्यक्तिले नियुक्ति पाउने गरी सरकारले फागुन अन्तिम साता मापदण्ड संशोधन गरेको थियो । त्यो मापदण्ड कार्यान्वय नगर्न सर्वोच्च अदालतले २०८२ वैशाख ३ गते अल्पकालीन अन्तरिम आदेश दियो । त्यसलगत्तै गभर्नरको रेसबाट क्षेत्री बाहिरिए । त्यसपछि भट्ट र ढुंगाना चर्चामा छन् ।

सत्ता गठबन्धभित्र गभर्नर नेपाली कांग्रेसको भागमा परेको छ । आफ्नो भागमा गभर्नर परेपछि देउवाले केही साताअघि डा. भट्टलाई बूढानीलकण्ठ स्थित निजी निवासमा बोलाएर देशको अर्थतन्त्रका बारेमा बृहत् जानकारी लिए । त्यति मात्रै होइन, ‘देशको ढुकुटी सम्हाल्न सक्छौ त’ भन्दै देउवाको प्रश्नमा मुस्कुराएर ‘अवश्य’ भन्ने जवाफ दिएका थिए भट्टले । देउवाले बाँकी कुरा ऐनअनुसार चल्नुपर्छ भनेपछि भट्टले वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिए ।

सत्ता गठबन्धन टिकाइ राख्ने हो भने राष्ट्र बैंकको गभर्नर कांग्रेसको भागमा पर्ने स्थिति छ । सत्ता गठबन्धनको हिसाबअनुसार अन्यथा नभएमा भट्ट गभर्नर हुनुपर्ने हो । कांग्रेसका नेताहरु पनि प्रणालीभित्रै व्यक्ति गभर्नर हुन्छ भन्दै हिँडेका छन् ।

तर, यही बीचमा निकै रोचक थप तथ्य पनि बाहिरिएको छ । नेकपा एमालेको कोटाबाट गभर्नर बन्ने पक्कापक्की जस्तै भएको नेपाल राष्ट्र बैंकको कायममुकायम गभर्नर डा. निलम ढुंगाना तिम्सिना यतिबेला कांग्रेसका नेता तथा मन्त्रीहरु भेट्ने वातावरण बनाउन लागेकी छिन् ।

कांग्रेसको कोटाबाट गभर्नर बन्न लागेका डा. भट्टको राजीनामा स्वीकृत नगरी बसेकी डा. ढुंगाना गभर्नर बन्न कै लागि कांग्रेसका नेता तथा मन्त्री भेट्ने व्यवस्था मिलाउन लागेकी छिन् ।

उनले यो अवधिमा डा. भट्टको राजीनामा अस्वीकृत मात्रै होइन, २ जना डेपुटी गभर्नरमा एक जना खालीसमेत बनाएकी छिन् । आफ्नो नाम डेपुटीबाट हटाएर कामुमा मात्रै राखेकी छिन् ।
स्रोतका अनुसार अहिले डा. तिम्सिनाले पहिलो चरणमा नेपाली कांग्रेसकी नेतृ तथा परराष्ट्रमन्त्री आरजु राणा देउवालाई भेट्न सबै शक्ति प्रयोग गरेकी छिन् ।

‘केही दिनयता उहाँ (डा.तिम्सिना) को फोन निकै आउन थालेको छ’ परराष्ट्रमन्त्री राणा निकट रहेका एक प्रतिनिधिसभा सदस्यले, ‘मलाई मात्रै होइन, मन्त्रीज्यूसँग नजिक भएका, उहाँले भेट्न कुरा गर्ने सबैलाई फोन आउने गरेको छ । फोनमा उहाँले व्यक्ति हेरेर कुरा गर्नुहुने रहेछ ।’

डा. तिम्सिनाले फोन गरेका मध्ये एक जनाले लगानी न्यूजसँगको कुराकानीमा भने, ‘उहाँले कसैलाई भेट्न समय मिलाई दिनुपर्यो, केही व्यक्तिलाई जसरी भए पनि मन्त्रीज्यूलाई भेटाइ नै दिनुपर्यो, उहाँ महिला सशक्तीकरणमा काम गर्ने शाहसी महिला हुनुहुन्छ, भेटेर कुरा गर्न मन छ भन्ने गर्नुभएको छ ।’

स्रोतका अनुसार अहिले डा. तिम्सिनाले मन्त्री राणा निकट मानिने राजनीतिज्ञ, दलका नेता, उद्योगी, व्यवसायी, कर्मचारी सबैलाई आरजुलाई भेटाइदिन पलह गरिरहेकी छिन् । डा तिम्सिनाले आरजुलाई भेट्ने मूल कारण भनेको कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्नका लागि हो । पहिला एमालेको कोटामा गभर्नर खाने भनेर प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलगायतलाई फोन गर्दै ओली भेटेकी डा. तिम्सिना एमालेको पछि लागेर गभर्नर बन्न नसकिने रहेछ भन्ने बुझेर अहिले डा. आरजुमार्फत कांग्रेस सभापति देउवा भेट्ने तयारीमा छिन् ।

तर, आरजुले निलमलाई भेट्का लागि समय दिएकी छैनन् । निलम भने आफू यतिबेला कट्टर कांग्रेसको भएको पुष्टि गर्न मन्त्री राणा निकटका व्यक्तिलाई फोन गरेर भनिरहेकी छिन् ।
राष्ट्र बैंकको गभर्नर आफ्नो भागमा नपर्ने देखेपछि प्रधानमन्त्री केपी ओली पनि कांग्रेस पुत्री डा. तिम्सिनालाई गभर्नर बनाउँदा आफ्नो कुनै आपत्ति नहुने जनाउँदै आएका छन् ।

कांग्रेसले डा. भट्टलाई गभर्नर बनाउने भनेपछि उनको योग्यताका विषयमा सर्वोच्च अदालनमा निवेदन परेपछि ओलीले दुवै पार्टीका नेताहरुको भेटमा भट्टको विषयमा रिट परेको हो भने निलम कांग्रेसकै छोरी भएको र उनलाई बनाए भयो नि भन्ने सुझाव दिने गरेको निकट स्रोतहरुको दाबी छ ।

केही समयअघि एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्नो यो कार्यकालमा महिलाले धेरै नै अवसर पाउने दाबी गरेका थिए । ओलीले नेपालको इतिहासमा पहिलो पटक महिला गभर्नर बनाएर रेकर्ड राखौं भनेर नै निलमलाई बोकेर हिँडेका थिए ।

ओलीको क्याबिनेटमा यो पटक कांग्रेसको शक्तिशाली महिला नेतृ डा. राणा परराष्ट्रमन्त्री पनि छिन्। फरक पार्टीको भए पनि महिलालाई राज्यको ढुकुटी सुम्पने विषयमा मन्त्री डा. राणाको विरोध नआउने, उनको विरोध नभएपछि कांग्रेस सभापति देउवाको पनि विरोध नहुने र बाँकी कांग्रेसका नेता कार्यकर्ताको गुनासोले फरक नपर्ने मनस्थितिमा ओली रहेका थिए । तर, उनको त्यो मनोविज्ञानले भने अहिले काम गरेको छैन ।

स्वायत्तताको कुरा गर्ने राष्ट्र बैंकलाई त्यसैको ऐनलाई प्रम ओलीले निकै निर्मम ढंगले कुल्चिएर समयमा गभर्नर नियुक्त गरेनन् । अनी आफूले बोकेर हिँडेको निलमलाई डा. आरजुमार्फत शेरबहादुर देउवा भेटेर गभर्नरको तयारी थाल्न लगाएका छन् । महिला भनेपछि आरजु राजी हुने निलमलाई गभर्नर बनाउन कसैले नरोक्ने ओलीको फितलो मनोविज्ञानमा कांग्रेस भट्टका विषयमा जब्बर बन्दा डा. तिम्सिना पनि डा. आरजुसम्म पुग्ने बाटो खोजिरहेकी छिन् ।

कामु गभर्नर डा. तिम्सिनाले भट्टको राजीनामा स्वीकृत नगरेको भए पनि भट्ट भने कांग्रेस सभापति देउवालाई भेटेर फर्केपछि भने उनी ढुक्क छन् ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्