Skip to content

निर्जीवन बीमा कम्पनीले आर्जन गरे ३२ अर्ब बढी बीमाशुल्क, शिखर पहिलो स्थानमा

काठमाडौं । चैत मसान्तसम्म निर्जीबन बीमा कम्पनीले ३२ अर्ब १२ करोड ९९ लाख ७५ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

नेपाल बीमा प्राधिकरणका अनुसार १४ बीमा कम्पनीले २१ लाख ३५ हजार २३३ वटा बीमालेख जारी गरेर उक्त रकम आर्जन गरेका हुन् ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यो अवधिमा सबभन्दा बढी बीमाशुल्क आर्जन गर्नेमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले चैत मसान्तसम्म ४ अर्ब ३४ करोड ८५ लाख ८१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।
दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिसम्मा ३ अर्ब ७३ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

यस्तै दोस्रो र तेस्रो स्थानमा क्रमशः सगरमाथा लुम्बिनी र सिद्धार्थ प्रिमियम इन्स्योरेन्स रहेका छन् । सगरमाथा लुम्बिनीले ३ अर्ब ७३ करोड ९४ लाख १७ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ भने सिद्धार्थ प्रिमियरले ३ अर्ब १० करोड ५८ लाख ११ हजार रुपैयाँ शुल्क आर्जन गरेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड ८८ लाख ५१ हजार, ओरिएन्टल इन्स्योरेन्सले २ अर्ब १५ करोड ४६ लाख, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १३ करोड २६ लाख ३० हजार, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड १८ लाख, प्रभु इन्स्योरेन्सले १ अर्ब ३० करोड ९४ लाख ८१ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार एनएलजी इन्स्योरेन्सले २ अर्ब १३ करोड ४५ लाख २१ हजार, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ अर्ब ७८ करोड ५५ लाख ६७ हजार, सानिमा जीआईसीले १ अर्ब ९२ करोड १९ लाख ५० हजार, आइजीआई प्रुडेन्सियलले २ अर्ब ७३ करोड ४९ लाख ७८ हजार, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ८५ करोड ४९ लाख १५ हजार र नेशनल इन्स्योरेन्सले ८७ करोड ९५ लाख ३९ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

चैत महिनामा मात्रै निर्जीबन बीमा कम्पनीले २ लाख ९१ हजार ७७६ वटा बिमालेख जारी गरेर ४ अर्ब १० करोड ११ लाख २३ हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्