Skip to content

शाङ्घाई अटो शोमा एक्सपेंगले ह्युमनॉइड रोबोट ‘आयरन’ सार्वजनिक

काठमाडौं । एक्सपेंगले आफ्नो नयाँ ह्युमनॉइड रोबोट ‘आयरन’ लाई शाङ्घाई अटो शो २०२५ मा सार्वजनिक गरिएको छ ।

गत नोभेम्बरमा पहिलो पटक प्रस्तुत गरिएको आयरन हाल एक्सपेंगका कारखानाहरूमा प्रयोग भइरहेको छ । यसले विद्युतीय सवारी निर्माणमा सहयोग पुर्याइरहेको जनाइएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आयरनको उचाइ ५ फिट ८ इन्च (१.७३ मिटर) र तौल ७० केजी छ । यसलाई मानव शरीरजस्तै बनाइएको छ । यसको हातहरू यथार्थपरक रूपमा डिजाइन गरिएका छन् । जसले वस्तु समात्न र चलाउन सहज बनाउँने जनाइएको छ ।

एक्सपेंगको आफ्नै प्रविधिबाट सञ्चालित आयरन सहज रूपमा हिँडडुल गर्न सक्छ । यसले परम्परागत रोबोटहरूजस्तो कठोर गतिबिधि देखाउँदैन । यसमा कारहरूमा प्रयोग हुने स्मार्ट आवाज प्रणाली जडान गरिएको छ । यस मार्फत मानिसहरूसँग स्वाभाविक रूपमा संवाद गर्न सकिन्छ ।

एक्सपेंगका स्वचालित गाडीहरूमा जस्तै आयरनमा पनि अत्याधुनिक क्यामेरा र सफ्टवेयर जडान गरिएको छ । जसले वातावरण बुझ्न र निर्णय लिन सक्षम बनाउँछ । कम्पनीको लक्ष्य आयरनलाई केवल कारखानामा सीमित नराखी भविष्यमा पसल, अफिस र घरमा समेत सहयोगीको रूपमा प्रयोग गर्नु हो । यसले ग्राहक सेवा तथा व्यवस्थापन जस्ता कामहरू सजिलै गर्न सक्छ ।

एक्सपेंग सधैं प्रविधिमा नवीनता ल्याउने अभियानमा अग्रसर रहँदै आएको छ। गाडी निर्माणदेखि ह्युमनॉइड रोबोटसम्म, कम्पनीले कृत्रिम बौद्धिकता (एआई) र स्वचालन प्रविधिमा निरन्तर लगानी गर्दै आएको छ । ‘आयरन’ एक्सपेंगको त्यही नवप्रवर्तनशील सोचको प्रतीक हो । जसले भविष्यमा स्मार्ट गाडी र रोबोटिक्सको समागमलाई अझ स्पष्ट बनाउने अपेक्षा गरिएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्