Skip to content

प्रभु महालक्ष्मी लाइफका अभिकर्ताहरुको डिलाइटफुल सौराह कार्यक्रम सम्पन्न

nabil bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको डिलाइटफुल सौराह कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।

चितवनको सौराहमा वैशाख १८, १९ र २० गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रमहरुका साथ भव्य रूपमा सम्पन्न भएको हो । प्रभु महालक्ष्मी लाइफ इन्स्यारेन्सका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले सम्बोधन गरी कार्यक्रमको सुरुवात गरेका थिए ।

कम्पनीमा आबद्ध ३ सय जनाभन्दा बढी अभिकर्ताहरुको उपस्थिति रहेको कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी, सांगीतिक साँझ तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु गरी हर्ष उल्लासपूर्ण वातावरणमा सम्पन्न भयो ।

कार्यक्रमको मुख्य आकर्षण प्रसिद्ध कलाकार कम्पनीका ब्राण्ड एम्बेस्डर मनोज गजुरेलको प्रस्तुति रहेको थियो । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रूपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime