काठमाडौं । केई नेपालले आफ्नो बहुप्रतिक्षित वार्षिक कार्यक्रम “केई एक्सचेन्ज कार्निभल २०८१” को घोषणा गरेको छ । आफ्ना इलेक्ट्रिक गाडीहरू ई–क्युट ०२, ई–क्युट ०४, र एक्स ३ प्रो ईभीमा अविश्वसनीय अफरहरू सहितको यो मेगा एक्सचेन्ज कार्यक्रम यही मे ९ देखि ११ (अर्थात् २०८१ वैशाख २६ देखि २८ गते) सम्म थापाथलीस्थित केई शोरुममा उक्त कार्यक्रमको आयोजना हुने भएको हो ।
कार्निभलमा कायीका विद्युतीय सवारी साधनमा आकर्षक अफरहरू ल्याइने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार कार्निभलको मुख्य आकर्षणका रुपमा ग्राहकले ‘अन–द–स्पट’ सवारी साधन मूल्यांकन, उत्कृष्ट रिसेल भ्यालु, आकर्षक नगद छुट र प्रत्येक मूल्यांकनमा २ जनाका लागि क्यूएफएक्स हलमा फिल्मको टिकटहरू प्राप्त गर्न सक्ने छन् ।
त्यस्तै, कम्पनीले बीमा, सडक कर कभरेज र चयन गरिएका मोडेलहरूमा एक्सचेन्ज बोनस पनि दिने जनाएको छ। प्रत्येक बुकिङको साथमा रोमाञ्चक रिवार्ड प्राप्त गर्न सकिने छ । इ–क्युटसँग बोस जेट कार वासर र एक्सथ्री प्रोको साथ बोस वासिङ मेसिन प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ। यस्तै, कार्निभलमा पारिवारिक मनोरञ्जन, खेलहरू र संगीत प्रस्तुत गरिनेछ ।






प्रतिक्रिया दिनुहोस्