काठमाडौं । मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब २ अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात सोमबार ९ दशमलव ९८ अंक घटेर २६१० दशमलव ४० विन्दुमा बन्द भएको नेप्से, आजको सो सेसनमा १ दशमलव ८० अंक घटेर २६०८ दशमलव ५९ विन्दुमा झरेको हो ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स पनि ० दशमलव ०५ अंक घटेको छ । मंगलबार प्रि ओपन सेसनमा ४६ स्टकको ७४ पटकको कारोबारमा २ करोड ४० लाख ९९ हजार ७१३ रुपैयाँ ५० पैसाबराबरको ३५ हजार ८३८ कित्ता सेयर खरिदबिक्री भएको छ । जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने २६ स्टकको मूल्य घटेको छ । बाँकी १ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।






प्रतिक्रिया दिनुहोस्