काठमाडौं । मंगलबारको सेयर कारोबार जारी रहँदा विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा पहिलो एक घण्टाको कारोबारमा यो कम्पनीमा नकारात्मक सर्किट लागेको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य २८३ रुपैयाँ ३८ पैसाले घटेर २ हजार ५५१ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र नेप्से परिसूचक भने ६ दशमलव ५८ अंकले बढेर २६१६ दशमलव ९९ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा २ अर्ब ८२ करोड माथिको कारोबार भएको छ ।






प्रतिक्रिया दिनुहोस्