काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङले मंगलबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रमको छलफलका क्रममा सम्पत्तिको स्रोत नखुले सरकारले जफत गर्न सक्ने हिम्मत राख्नुपर्ने बताएका छन् । गुरुङले छानबिन आयोग गठन गरेर स्रोत नखुलेको सम्पत्ति जफत गर्नुपर्ने बताए ।
‘हामीले छानबिन आयोग गठन गर्ने, जसको सम्पत्तिको स्रोत खुल्दैन, उसको सम्पत्ति जफत गर्ने आँट गर्नुपर्छ,’ उनले भने, ‘गणतन्त्रलाई सुदृढ गर्ने बाटो यो हो, यो बाटो नहुँदा कमिला पनि खान हुन्न भन्नेलाई सिंगै हात्ती खानेसँग दाँजेर बदनाम गर्न पाइन्छ ?’
उनले नेता तथा कर्मचारी सबैको सम्पत्तिको स्रोत खोज्नुपर्ने बताए । अबको नीति उत्पादनशील क्षेत्रमा लगानी बढाउने हुनुपर्ने बताए । गाउँगाउँमा ठूल्ठूला भवन बनाएरमात्र आर्थिक समृद्धि सम्भव नहुने उनले बताए ।
सांसद गुरुङले करको भार थपेरमात्र नहुने बताए । करको दायरामा ल्याउनुपर्ने क्षेत्र धेरै भए पनि त्यसको पहिचान गर्न नसक्दा समस्या परेको उनले बताए । समाजिक सुरक्षा भत्ता नचाहिनेलाई पनि दिएको भन्दै उनले असन्तुष्टि जनाए ।






प्रतिक्रिया दिनुहोस्