काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्नका लागि बुक क्लोज मिति घोषणा गरेको छ । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासनका लागि जेठ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।
यस कम्पनीले १ कित्ता साधारण सेयर बराबर १ कित्ता हकप्रद सेयरको अनुपातमा प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँका दरले ४० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाइसकेको छ ।
यसका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज गर्ने भएसँगै जेठ ४ गतेसम्म नेप्सेमा कम्पनीको साधारण सेयर खरीद गर्नेले मात्रै हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।






प्रतिक्रिया दिनुहोस्