Skip to content

आईपीओका नाममा सेबोनलाई ७ प्रतिशतसम्म कमिसनः छानबिन गर्न सांसदको माग

nabil bank

काठमाडौं । धितोपत्र बोर्डले जलविद्युत कम्पनीको आईपीओ निष्कासन गर्दा ५ देखि ७ प्रतिशत कमिसन लिएको विषय संसदमा प्रदेश गरेको छ ।

आज प्रतिनिधिसभाको बैठकमा माओवादीका सांसद माधव सापकोटाले कमिसनका विषयमा छानविन गर्न माग गरेका छन् । धितोपत्र बोर्डमा कमिसन खेलका कारण २२ महिनादेखि १००९.५२ मेगावाट क्षमताका ४३ वटा जलविद्युत कम्पनीको आईपीओ रोकिनु चिन्ताको विषय भएको बताए ।

उनले धितोपत्र बोर्डले साना परियोजनासँग ५ र ठूला आयोजनासँग ७ प्रतिशत कमिसनको बाग्रेनिङ गरेको भन्दै यो निकै दुःखदायी विषय भएको बताए । यो विषयमा माओवादी केन्द्रको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । उनले यो विषयमा सरकारको ध्यानाकर्षण गराउनुका साथै छानबिन गर्न माग गरे ।

सरकारले २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । तर सरकारी निकायले नै कमिसन लिन थालेको भन्दै छानबिन गर्न माग गरे । उनले छानबिनका लागि सरकारलाई रुलिङ गर्न सभामुखलाई आग्रह गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime