काठमाडौं । प्रतिनिधिसभा सांसद रोशन कार्कीले जलविद्युत कम्पनीको सेयर निष्कासनमा कमिसन माग्न धितोपत्र बोर्डका अध्यक्षलाई कारबाही गर्न माग गरेकी छिन् ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा उनले आईपीओमा कमिसन माग्ने बोर्डका अध्यक्षलाई प्रधानमन्त्रीको अध्यक्षतमा गठन भएको सुशासन समितिले तत्काल छानबिन गर्न माग गरिन् । साथै उनले कमिसन खोर अध्यक्षलाई तत्काल कारबाही गर्नसमेत माग गरिन् ।
सेयर बजारलाई देशको अर्थतन्त्रको ऐन भने पनि ऐनामा कमिसन खोरको अनुहार देखिएको उनको दाबी छ ।
आईपीओ निष्कासन गर्न अनुमति दिनका लागि धितोपत्र बोर्डका अध्यक्षले साना आयोजनामा ५ र ठूला आयोजनामा ७ प्रतिशतसम्म कमिसन माग गरेको बजारमा प्रशस्त हल्ला आएको उनको भनाइ छ । धितोपत्र बोर्डले राम्रोसँग काम गर्न नसकेको र सेयर बजारमा हजारौं मानिसको अर्बौै पैसा फसेको समेत स्मरण गराइन्। बजारमा पैसा लगानी गर्नेमाथि अन्याय भएको दाबी गरिन ।






प्रतिक्रिया दिनुहोस्