Skip to content

ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । आजको सेयर बजार कारोबार जारी रहँदा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइतबार देखि कारोबार खुलेको यो कम्पनीको सेयर मूल्यमा लगातार तेस्रो दिन पनि सकारात्मक सर्किट लागेको हो ।

यो कम्पनीको सेयर मूल्यमा अघिल्लो दिन पनि सकारात्मक सर्किट लागेको थियो । आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ३५ रुपैयाँ २० पैसाले बढेर ३९५ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यस अघि नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ र बुटवल पावरका कम्पनीमाको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

यो समाचार तयार पार्दासम्म सेयर बजार परिसूचक ३९ दशमलव ४२ अंकले बढेर २६५० दशमलव ८६ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ६ अर्ब ६५ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime