काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंक बढेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार १ दशमलव ०३ अंक बढेर २६११ दशमलव ४३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा २ दशमलव ३४ अंक बढेर २६१३ दशमलव ७८ विन्दुमा पुगेको छ ।
सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ७६ अंक बढेर ४४१ दशमलव ० २ विन्दुमा पुगेको छ । बुधबारको प्रि ओपन सेसनमा ५० स्टकको ११४ पटकको कारोबारमा २ करोड १९ लाख १० हजार १०६ रुपैयाँ ५० पैसाबराबरको ४५ हजार १५८ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये २६ स्टकको मूल्य बढेको छ भने २२ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।






प्रतिक्रिया दिनुहोस्