Skip to content

बुटवल पावर कम्पनीको सेयर मूल्यमा पनि सकारात्मक सर्किट

nabil bank

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा बुटवल पावर कम्पनीको सेयर मूल्य पनि सकारात्मक सर्किट लागेको छ । योसँगै आजको कारोबार जारी रहँदा सर्किट लाग्ने कम्पनीको संख्या ३ पुगेको छ । यस अघि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा पनि सकारात्मक सर्किट लागेको थियो ।

आजको कारोबार जारी रहँदा बुटवल पावरको सेयर मूल्य ४८ रुपैयाँ ५३ पैसाले बढेर ५३४ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक २४ दशमलव ६४ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा ४ अर्ब ५९ करोड माथिको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime