Skip to content

ओम मेगाश्री फर्मास्यूटिकल्सको सेयर मूल्यमा सकारात्मक सर्किट

nabil bank

काठमाडौं । आजको सेयर बजार कारोबार जारी रहँदा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार जारी रहँदा सकारात्मक सर्किट लाग्ने यो तेस्रो कम्पनी हो ।

यस अघि नेपाल माइक्रो लाइफ र क्रेस्ट माइक्रो लाइफको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको थियो । आजको कारोबार जारी रहँदा ओम मेगाश्रीको सेयर मूल्य ३९ रुपैयाँ ५० पैसाले बढेर ४३४ रुपैयाँ ७० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो ।

यो समाचार तयारपार्दासम्म सेयर बजार परिसूचक २ दशमलव २५ अंकले घटेर २६७१ दशमलव ४३ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा २ अर्ब २८ करोड माथिको कारोबार भइरहेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime