काठमाडौं। वैशाख २७ गते शनिबार इम्बार्क कलेज पुल्चोक ललितपुरमा ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने भएको छ। मेन्टरल्याब नेपाल र एम्बार्क अनम्याथ प्रालिले नेपालमा म्याथ म्याजिकल बनाउन ‘अनम्याथ म्याथ टक’ कार्यक्रमको आयोजना गर्ने भएका हुन्।
यस कार्यले कक्षा ५ देखि १० सम्मका विद्यार्थीका लागि अति अप्ठ्यारो लागिरहेको कुरालाई आकर्षक, वास्तविक र विश्व अनुभवमा रूपान्तरण गरेर गणित शिक्षाको परम्परागत दृष्टिकोणलाई चुनौती दिनेछ। कार्यक्रमको नेतृत्व अन्तर्राष्ट्रिय ख्याति प्राप्त गणित शिक्षाविद् दिवेश बठिजाले गर्ने छन्।
उनी अनम्याथ स्कुलका सहसंस्थापक हुन्। उनको क्रान्तिकारी शिक्षण विधिले भारत, नेपाल र युएईका हजारौं युवा विद्यार्थीहरूलाई प्रेरित गरेको छ। शिक्षाविद् बठिजाले भने, ‘गणित भनेको कण्ठस्थ गर्ने विषय होइन, यो त खोजको विषय हो। जब विद्यार्थीहरूले उनीहरूको दैनिक जीवन र वरपरको संसारसँग गणित कसरी जोडिएको रहेछ भन्ने कुरा थाहा पाउँछन् तब गणितको वास्तविक सिकाइ सुरु हुन्छ।’
कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म चल्ने छ। कार्यक्रममा सहभागीले विभिन्न गतिविधिमा आफैं प्रत्यक्ष रुपमा संलग्न भई गणितलाई इमर्सिभ तरिकाले अनुभव गर्ने छन्। जसले मनोरञ्जन दिँदै सिकाइलाई रमाइलो बनाउने छ।
त्यस्तै गणितसँग सम्बन्धित बहसले जीवन्त बनाउने छ। गणितप्रति विद्यार्थीको आलोचनात्मक सोचलाई अझै तीखो बनाउँछ। साथै कार्यक्रममा कथा सुनाउने सत्रले गणितीय अवधारणा पछाडिका रोचक इतिहासलाई प्रकट गर्नेछ।
अभिभावक, शिक्षक र सरोकारवालाहरूलाई आफ्ना बालबालिका र विद्यार्थीहरूलाई चाँडै आफ्नो नाम दर्ता गर्न अनुरोध पनि गरिएको छ ।
mentorlabnepal.com/unmath-mathtalk गएर अनलाइनमार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिने छ वा +९७७ ९८०–१११८६८९ मा फोन गरेर पनि नाम दर्ता गर्ने सेवा उपलब्ध रहेको छ । सहभागिता सुनिश्चित गर्न, प्रतिसहभागी ९९ रुपैयाँ मात्र प्रवेश शुल्क राखेको आयोजकले जनाएका छन् ।






प्रतिक्रिया दिनुहोस्