Skip to content

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना हुँदा कम्तीमा ५ जनाको मृत्यु, २ जना गम्भीर घाइते

nabil bank

काठमाडौं । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनामा परेर कम्तीमा पाँच जनाको मृत्यु भएको छ । गढवाल डिभिजनल कमिस्नर विनय शंकर पाण्डले दुईजना गम्भीर घाइते भएको पुष्टि गरेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार, दुर्घटना उत्तराखण्डको उत्तरकाशी जिल्लास्थित गंगानानीमा भएको हो । हेलिकप्टरमा ६ यात्रु र पाइलट थिए । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले आफूले उद्धारका लागि निर्देशन दिएको बताएका छन्। दुर्घटनाको अनुसन्धान गर्न निर्देशन दिएको उनको भनाइ छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime