काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको सेयर जारी प्रक्रिया राक्न नेपाल धितोपत्र बोर्डले बिक्री प्रबन्धक कम्पनीलाई लेखेको पत्र कार्यान्वयन नगर्न उच्च अदातलत पाटनले अन्तरिम आदेश दिएको छ । रिलायन्स स्पिनिङ मिल्सले धितोपत्र बोर्डलगायतलाई विपक्षी बनाएर हालेको रिटमा उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्र प्रसाद अवस्थी र टिकाराम आचार्यको संयुक्त इजलासले पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
गत वर्ष असार २६ गते अर्थमन्त्रालयबाट नेपाल धितोपत्र बोर्डमा अध्यक्षता गरिरहेका नरेन्द्रकुमार रानाले कम्पनीको आईपीओ तत्कालका लागि रोक्न निर्देशन दिएका थिए । बोर्डको उक्त पत्रका विरुद्धमा वैशाख ११ गते उच्च अदालत पाटनमा रिट परेको थियो । धितोपत्र बोर्डले सो समय बिक्री प्रबन्धकलाई अर्को निर्णय नभएसम्मको लागि धितोपत्र निष्कासन प्रक्रिया रोक्का राख्न गरेको पत्राचार विरूद्ध कम्पनीले उच्च अदालतमा रिट दायर गरेको थियो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ ।






प्रतिक्रिया दिनुहोस्