Skip to content

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम साढे ११ अर्बमाथि

nabil bank

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन उच्च अंकले बढेको सेयर बजार परिसूचक आज भने १२ दशमलव ०४ अंकले घटेर कारोबार बन्द भएको हो ।

आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६६१ दशमलव ६४ विन्दुमा पुगेको छ । बिहीबार सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ९६ कम्पनीको सेयर मूल्य बढेको छ भने १५० कम्पनीको सेयर मूल्य भने घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ३४ अंकले घटेर ४४८ दशमलव ८९ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ५ वटा उपसूचकको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ ।

नेप्से घटे पनि कारोबार रकममा भने आज सुधार देखिएको छ । अघिल्लो दिन साढे १० अर्ब माथिको कारोबार भएको बजारमा आज साढे ११ अर्ब माथिको कारोबार भएको छ । अघिल्लो दिन १० अर्ब ५१ करोड माथिको कारोबार भएको बजारमा आज ११ अर्ब ६५ करोड १७ हजार ८५१ रुपैयाँ बराबरको कारोबार भएको छ । बिहीबार सेयर बजारमा ३१५ कम्पनीका ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर १ लाख ३ हजार ३१९ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ४ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime