Skip to content

ट्रम्पको पहिलो व्यापार सम्झौता, बेलायतसँग प्रारम्भिक समझदारी, चीनसँगको तनाव कायमै

nabil bank

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलोपटक व्यापार सम्झौताका रुपमा बेलायतसँग प्रारम्भिक समझदारी (फ्रेमवर्क)मा हस्ताक्षर गरेका छन् । यद्यपि यो पूर्ण व्यापार सम्झौता नभई सम्भावित सम्झौताका लागि आधार तयार गर्ने प्रारम्भिक योजना मात्रै हो । आगामी केही महिना वा वर्षमा विस्तृत व्यापार सम्झौता टुंग्याउने लक्ष्य राखिएको छ ।

 

बेलायती प्रधानमन्त्री केयर स्टारमरले आफूहरु  हिजोभन्दा अगाडि बढेको बताए । प्रारम्भिक समझदारी अनुसार केही बेलायती वस्तुमा लाग्ने अमेरिकी शुल्क घट्नेछ भने अमेरिकन वस्तु बेलायती बजारमा प्रवेश गर्न सक्ने संभावना खुलेको छ ।

 

तर, यो ‘डील’ होइन । व्यापार नीतिको दृष्टिले हेर्दा अझै धेरै चुनौती बाँकी छन् । झण्डै ५० प्रतिशतसम्मका पारस्परिक शुल्क जुलाई ८ पछि पुनः लागू हुने तयारी छ । ट्रम्प प्रशासनले ती शुल्कलाई ९० दिनका लागि मात्र रोक लगाएको हो, जुन अवधि अहिले झण्डै २५ प्रतिशत सकिएको छ ।

 

अमेरिकी अर्थतन्त्रमा त्यसको नकारात्मक असर देखिन थालेको छ । पछिल्लो त्रैमासिकमा अमेरिकी सकल घरेलु उत्पादन घटेको तथ्यांक सार्वजनिक भएको छ । कम्पनीहरूले भण्डारण बढाएकाले बजारमा अस्थिरता आएको विश्लेषण गरिएको छ ।

 

सबैभन्दा ठूलो चुनौती भने चीनसँगको व्यापार संघर्ष हो । चीनमा अमेरिकाबाट सामान निर्यातमा १२५ प्रतिशत र चीनबाट आयातमा १४५ प्रतिशत शुल्क लागू गरिएको छ । फलस्वरूप दुई देशबीचको व्यापार प्रायः ठप्प भएको छ । जेपी मोर्गनको अनुमान अनुसार दोस्रो त्रैमासिकसम्ममा चिनियाँ वस्तुको अमेरिकी आयात ८० प्रतिशतसम्म घट्न सक्छ ।

 

यसै सन्दर्भमा अमेरिकी र चिनियाँ अधिकारीहरू यस सप्ताहान्त जिनेभामा वार्ताका लागि भेट्ने तय भएको छ । तर अमेरिकी ट्रेजरी सचिव स्कट बेसन्टले सम्झौताको सम्भावना न्यून रहेको बताएका छन् । ट्रम्पले पहिलो कार्यकालमा अमेरिका–क्यानडा–मेक्सिकोबीचको यूएसएमसीए सम्झौता गरेका थिए, तर दोस्रो कार्यकालमा त्यही सम्झौतालाई खारेज गरेर ती देशमाथि पुनः २५ प्रतिशत शुल्क लगाएका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime