Skip to content
Prabhu

भारत–पाक युद्ध प्रभाव : नेपालमा कति छ इन्धन सञ्चित ?

?????????????????????????????

काठमाडौं । भारत र पाकिस्तानको युद्धका कारण नेपालका विभिन्न क्षेत्रमा असर पर्ने आकलन सुरु भएको छ । भारतबाट आयात गरेर खपत हुने पेट्रोलियम पदार्थमा भारतमा केही समस्या हुनेबित्तिकै नेपाली बजारमा पनि असर पर्छ । अहिले ग्यासको अभाव हुने आम उपभोक्ताहरुले ग्यासको सञ्चिति गर्न थालिसकेका छन् ।

नेपालमा लामो समयसम्मका लागि इन्धन सञ्चित गर्ने भौतिक पूर्वाधारको अभाव रहेको छ । नेपालमा भारतबाट आयातमा समस्या भएको अवस्थामा नेपाल आयाल निगमसँग रहेको स्टोरेजले एक हप्ता देखि १० दिनसम्म धान्छ । भारतबाट आयात ठप्प नै हुँदा पनि नेपाललाई ८ दिनसम्मका लागि पुग्ने पेट्रोल, १२ दिनसम्म पुग्ने डिजेल र २ महिनासम्म पुग्ने मट्टितेल सञ्चित रहेको आयाल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए ।

अर्घाखाँची सिमेन्ट
Hyundai

मट्टितेलको खपत निकै कम मात्रै हुने भएकाले लामो समय पुग्ने गरेको उनको भनाइ छ । हवाइ इन्धन पनि १० दिनसम्म पुग्ने सञ्चित हुने प्रवक्ता ठाकुरले जानकारी दिए । ग्यासको सञ्चिति ५९ वटा उद्योगले नै गर्ने भएकाले एकिन भन्न नसकिने उनको भनाइ छ ।

अहिले भारतबाट सहजै रुपमा इन्धन आइरहेको प्रवक्ता ठाकुरको भनाइ छ । भारतीय पक्षसँग सम्पर्क गर्दा आयातमा समस्या नहुने जबाफ आएको उनले बताए । अहिलेको अवस्थामा इन्धनको समस्या हुने अवस्था नदेखिएको भए पनि द्वन्द्वको अवस्था चर्किँदै गएको अवस्थामा भने यसै भन्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

नेपालमा आउने इन्धन उडिसा, बिहार क्षेत्रबाट आउने र त्यो क्षेत्रमा भन्दा अरु क्षेत्रमा युद्धको अवस्था रहेकाले पनि नेपालमा ठूला समस्या नहुने उनले बताए ।

नेपालमा दैनिक रुपमा २ हजारदेखि २ हजार ५०० किलोलिटर पेट्रोल र ४ हजार देखि ४ हजार ५०० किलोलिटर डिजेल खपत हुन्छ । हवाइ इन्धन सिनामंगलमा रहेको डिपोमा ७ हजार किलोलिटर सञ्चित गर्न सक्ने क्षमता रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्