Skip to content
Prabhu

राष्ट्र बैंकको गभर्नरमा गुणाकरको विकल्पमा विश्व पौडेलको चर्चा 

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर पदको नियुक्ति निकै पेचिलो बन्दै गएको छ ।  सरकारको नेतृत्व गरेको एमाले र कांग्रेसको सहमति अनुसार राष्ट्र बैंकको गभर्नर कांग्रेसले पाउने सहमति भयो । सो अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने निर्णय लिए । कार्यकारी निर्देशक रहेका गुणाकर भट्टले गभर्नर बन्नको लागि कार्यकारी निर्देशकबाट राजीनामा दिए ।
अर्घाखाँची सिमेन्ट
Hyundai
गभर्नरको रेसमा रहेकी तथा राष्ट्र बैंकको इतिहासमा पहिलो महिला गभर्नर बनेर इतिहास लेख्ने तयारीमा रहेकी कामू गभर्नर निलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकरको राजीनामा भने स्वीकृत अहिलेसम्म गरेकी छैनन् ।
गभर्नर नियुक्तिको विषयलाई लिएर कांग्रेस एमालेबिच एक खाले विवाद जस्तो देखिए पनि कांग्रेस सभापति देउवा भने प्रधानमन्त्रीले कांग्रेस निकट व्यक्तिलाई गभर्नर दिनेमा सहमति जनाएको भन्दै आशंका गर्न नहुँने अभिव्यक्ति दिए । पछिल्लो पटक कांग्रेस र एमालेबिच भएको छलफलमा कांग्रेसले सिफारिस गरेको व्यक्ति नै गभर्नर हुने नाममा भने गुणाकरको ठाउँमा अरुलाई पठाउनेमा छलफल भएको छ ।
शुक्रवार कांग्रेस सभापति देउवाले गुणाकरको राजीनामा निलमले स्वीकृत नगरेको हुँदा अरू नाम दिनुपर्ने विषयमा छलफल गरेका थिए । गुणाकरले कार्यकारी निर्देशकबाट गभर्नर बन्नको लागि राजीनामा दिएको हुँदा उनलाई पछि कुनै संवैधानिक निकायमा लग्ने र अर्को व्यक्तिलाई गभर्नर बनाउने विषयमा छलफल भएको छ ।
अहिले अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा अर्थविद् डा विश्व पौडेल र राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको सदस्य रहेको सिफारिस समिति रहेको छ । सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि महाप्रसाद अधिकारी सिफारिस समितिको सदस्य बनाइएको हो । अधिकारीको योग्यतामा प्रश्न उठाएर भने अदालतमा मुद्दा दर्ता भएको छ ।
कांग्रेस कोटामा गभर्नर बन्नको लागि नबिल बैंकबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुंगाना शुरु देखि नै लागेका छन् । गुणाकरको नाम गभर्नर पदमा नियुक्त नभएपछि  भएपछि कांग्रेस निकट अन्य अर्थशास्त्रीहरु समेत गभर्नरको पदको लागि कांग्रेस सभापति देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग कुरा मिलाउन लाग्नेको सूचि पुनः बढेको छ ।
गुणाकरको नाम फाइनल भएपछि चुपचाप लागेकाहरु अहिले देउवा निवासमा आर्शीवादको लागि जानेहरु बढेका छन् । कांग्रेसको एउटा समूहले भने सिफारिस समितिका सदस्य रहेका डा विश्व पौडेललाई गभर्नर बनाउनुपर्ने सुझाव दिएको छ ।
सिफारिस समितिबाट विश्व पौडेलले राजीनामा गर्ने र उनको ठाउँमा कांग्रेस निकट अन्य पूर्वगभर्नर वा अर्थशास्त्रीलाई राखेर पौडेललाई गभर्नर बनाउनुपर्ने आवाज कांग्रेसमा उठेको हो । देउवाले भने गुणाकरको ठाउँमा विश्व पौडेल वा अन्य युवा अर्थशास्त्रीलाई गभर्नर बनाउन सक्ने अनुमान गरिएको छ । कांग्रेसको एउटा समूह गुणाकरको विकल्पमा ज्ञानेन्द्र ढुंगाना,अंगराज तिमिल्सिनाको पक्षमा लागेको छ । बैंकको सीईओलाई गभर्नर नबनाउने भन्ने भएमा योजना आयोगका उपाध्यक्ष रहेका डा विश्व पौडेल गभर्नर बन्न सक्ने सम्भावना छ । यही सम्भावना अंगराज तिमिल्सिनाको समेत छ ।
कानून अनुसार भने राष्ट्र बैंकमा करिब तीन दशक बिताएका गुणाकर भट्टलाई गभर्नरमा नियुक्त गर्न भने कुनै अड्चन भने छैन । सर्वोच्च अदालतले समेत गुणाकरलाई नियुक्त नगर्न माग राखेर दर्ता भएको रिटलाई खारेज गरेको छ ।
कामू गभर्नर रहेकी निलम ढुंगाना पछिल्लो समय आफू गभर्नर नभएमा गुणाकरको ठाउँमा कांग्रेसबाट अर्कोे व्यक्ति गभर्नर भएमा केही फरक नपर्ने गुणाकरलाई जुनसुकै हालतमा रोक्नेमा लागेकी छन् । सकेसम्म आफू गभर्नर बन्ने त्यो नसकेमा गुणाकरलाई रोक्ने नीति अहिले म्याडम कामू गभर्नरको रहेको राष्ट्र बैंकका कर्मचारीहरू बताउँछन् ।
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्