काठमाडौं । यूनियनपे इन्टरनेसनल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको प्रायोजनमा सम्पन्न नेपाल फिनटेक फेस्टिवल २०२५ को प्रथम संस्करण काठमाडौंमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय स्तरका वित्तीय संस्था, प्रविधि कम्पनी, नियामक निकाय र फिन्टेक नेतृत्व गरी करिब ४०० प्रतिनिधिहरूको सक्रिय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल फिनटेक फेस्टिवल संजिव सुव्बा, काठमाडौं फिनटेकका संस्थापक तथा कार्यक्रमका प्रमुख होस्टद्वारा अवधारण गरिएको हो । जसको उद्देश्य रणनीतिक संवादलाई उत्प्रेरित गर्ने, नवीनतम प्रविधिहरूको प्रदर्शनी गर्ने, र नेपालमा वित्तीय क्षेत्रको डिजिटल रूपान्तरणलाई तिव्रता दिदै नेपालको फिन्टेकलाई विश्व मन्च मा दरिलो उपस्थिति गराउने रहेको आयोजकले जनाएको छ । यस कार्यक्रमको सह–आयोजक फिनटेक अलायन्स नेपाल रहेको छ।
कार्यक्रमको संजिव सुब्बाले मूल उद्देश्य नेपाललाई विश्व फिनटेक नक्शामा स्थापित गर्नु भएको बताए । उनले दक्षिण एसियामा भारतबाहेक यति ठूलो राष्ट्रिय फिनटेक कार्यक्रम आयोजना गर्ने नेपाल दोस्रो मुलुक बनेको पनि बताइएकाे छ । उद्घाटन सत्रमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान, मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल, र नेपाल बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मीले आफ्ना धारणा व्यक्त गरेका थिए । त्यस्तै नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारीलाई डिजिटल भुक्तानीमा पुर्याएको योगदानको लागि विशेष सम्मान, फिनटेक अलायन्स नेपाल र काठमाडौं फिनटेकद्वारा संयुक्तरूपमा प्रदान गरिएको थियो ।

त्यस्तै सिंगापुरस्थित डिबिएस बैंकका पूर्व Chief Innovation Officer नील क्रसले पनि आफ्नो धारणा व्यक्त गरेका थिए । उनले एक सफल डिजिटल र सांस्कृतिक रूपान्तरणको कथा प्रस्तुत गरेका थिए । त्यस्तै यूनियनपे दक्षिण एशिया ब्रान्चका प्रमुख बिङहान हूको keynote address, साथै नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडसँग कार्ड इशुएन्स सम्झौता समेत सम्पन्न भएको थियो । डिजिटल बैंकिङ्ग, साझेदारी रणनीति, क्युआर प्रणालीपछिका नविनतम फिनटेक समाधान, र वित्तीय सेवामा कृत्रिम बौद्धिकताको भूमिका विषयमा चारवटा प्यानल छलफलहरू समेत भएका थिए ।

त्यस्तै सूर्योदय स्मल फाइनान्स बैंकका बोर्ड सदस्य तथा कोटक महिन्द्रा बैंकका पूर्व सीईओ दीपक शर्माले भारतको डिजिटल बैंकिङ्ग यात्राका महत्वपूर्ण सिकाइहरूका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे, नाबिल बैंकका कामु प्रमुख अधिकृत मनोज ज्ञवाली, मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र ग्लोबल आईमई बैंकका डेपुटी प्रमुख सुमन पोखरेलले सम्बोधन गरेका थिए ।

कार्यक्रममा प्रविधि प्रदर्शनी बुथहरू, नवप्रवर्तनहरूका लाइभ डेमो, र नेटवर्किङ्ग सत्रहरू समेत सञ्चालन गरिए, जसले सहभागीहरूलाई सहकार्य र नवप्रवर्तनमा एकआपसमा जडान हुन प्लेटफर्म प्रदान गरेको आयोजकले जनाएको छ । नेपाल फिनटेक फेस्टिवल २०२५ ले नेपालको फिनटेक यात्रा र क्षमतालाई अन्तर्राष्ट्रिय ध्यानमा ल्याउनुका साथै देशलाई दक्षिण एसियाली फिनटेक संवादको अग्रणी केन्द्र बनाउने दिशामा ऐतिहासिक पाइला चालेको छ ।






प्रतिक्रिया दिनुहोस्