काठमाडौं । साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक ० दशमलव ०९ अंकले घटेर २६६१ दशमलव ५५ विन्दुमा पुगेको हो ।
आजको प्रि ओपन सेसनमा सेन्सेटिभ इन्डेक्स भने ० दशमलव २६ अंकले बढेको छ । आइतबारको प्रि ओपन सेसनमा ३२ स्टकको ११४ पटकको कारोबारमा ३३ लाख ९६ हजार ७२२ रुपैयाँ बराबरको ७ हजार ४९२ कित्ता सेयर खरिदबिक्री भएको छ ।
जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने १७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ ।






प्रतिक्रिया दिनुहोस्