काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नयाँ आर्थिक वर्षका लागि आउने बजेट र मौद्रिक नितिले बैंकमा भएकोे तरलता बजारमा जान सक्ने खालको नीति ल्याउन आवश्यक रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको आर्थिक बर्ष २०८२÷०८३ का पूर्व बजेट छलफल कार्यक्रममा अध्यक्ष ढकालले बैंकमा तरलता रहेपनि कर्जा प्रवाह हुन नसकेको अवस्थामा त्यसलाई हसज बनाउने नीति आउन आवश्यक रहेको सुझाब दिएका हुन् ।
आगामी दिनमा कर्जा प्रवाह बढ्नका लागि राष्ट्रले लिने नीति लचिलो हुनुपर्ने उनको भनाइ थियो । उनले आगामि दिनमा सरकारले व्यवसायीलाई अप्ठ्यारो पार्न नहुने पनि बताए । उनले आगामि बजेटले रेमिट्यान्स पठाउनेका परिवारलाई उद्यमी बनाउने नीति लिन पनि सुझाव दिए । आन्तरिक रेमिट्यान्स ३ लाख ६० हजार हुँदै अहिले बन्द भएको प्रति उनले गुनासो गरे । साना साना कामका लागि यो निकै आवश्यक रहेको उनको भनाइ छ । उनले नागरिक एपबाट नै उद्योग ब्यबसाय दर्ता गर्न सक्ने ब्यबस्था मिलाउन पनि आग्रह गरे ।






प्रतिक्रिया दिनुहोस्