Skip to content
Prabhu

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा साढे २६ करोड बढी, प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकससम्मको अवधिमा साढे २६ करोड रुपैयाँ नाफा कमाएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो तैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २६ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको हो ।

विवरण अनुसार गत आवको तुलनामा कम्पनीको नाफा ४३.३१ प्रतिशतले घटेको हो । कम्पनीले गत आवको सोही अवधिमा ४६ करोड ७३ लाख मुनाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन २ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तुलनामा कम्पनीको व्यवसाय १०.९३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीले गत आवको सोही अवधिमा २ अर्ब २८ करोड ४६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन गत आर्थिक वर्षको तुलनामा ७.१२ प्रतिशतले बढेर ९२ करोड ९१ लख रुपैयाँ पुगेको । गत आवको यसै अवधिमा कम्पनीको यस्तो व्यवसाय ८६ करोड ७३ लाख रुपैयाँ रहेको विवरणले देखाएको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड २२ लाख रुपैयाँ र रिटेन्ड अर्निङमा १२ करोड ५२ लाख रुपैयाँ सञ्चिती रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको बीमा कोषको आकार २ प्रतिशतले बढेर चार अर्ब ६१ करोड ७१ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ६७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ३० पैसा रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्