Skip to content
Prabhu

नेपाल लाइफको नाफामा साढे ८ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ता ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको नाफामा साढे ८ प्रतिशतको वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको ९ महिनाको वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा ८.६४ प्रतिशतले नाफा बढेको हो ।

कम्पनीले चालु आवको चैत मसान्तसम्मको अवधिमा ६५ करोड २३ लाख रूपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ६० करोड ३ लाख रूपैयाँ रहेको थियो । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आकार गत आवको सोही अवधिको तुलनामा वृद्धि भएर २ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ । जुन गत आवका तुलनामा १९.९२ प्रतिशतले धेरै हो । यस्तो कोषको आधार गत आवको सोही अवधिसम्ममा १ खर्ब ८८ अर्ब रूपैयाँ रहेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

त्यसैगरी गत वर्षको चैत मसान्तसम्म २९ अर्ब १२ करोड रूपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले चालु आवको ९ महिनासम्मको अवधिमा ३२ अर्ब ५० करोड रूपैयाँ नाघेको छ । कम्पनीको कुल आम्दानी ४२ अर्ब ७९ करोड रूपैयाँबाट बढेर ४७ अर्ब ७२ करोड रूपैयाँ पुगेको छ भने कुल खर्च पनि ३९ अर्ब ७० करोड रूपैयाँबाट बढेर ४४ अर्ब ९० करोड रूपैयाँ नाघेको छ ।

९ अर्ब २ करोड ८७ लाख रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ३२ करोड रूपैयाँ, जगेडा कोषमा १ अर्ब १८ करोड रूपैयाँ सञ्चिति रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) गत वर्ष ९.७५ रूपैयाँ रहेकोमा यस वर्ष ०.१२ रूपैयाँले घटेर ९.६३ रूपैयाँ कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १३५.८१ रूपैयाँ रहेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्