Skip to content

तेस्रो त्रैमासिकसम्ममा सानिमा रिलायन्स लाइफको नाफा ३३ करोड ७६ लाख, इपीएस कति ?

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ३३ करोड ७६ लाख रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा १०.७७ प्रतिशतले वृद्धि भएको हो ।

कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले गत आवको सोही अवधिसम्ममा ३० करोड ४८ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषको आधार १७ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । यो गत आवको सोही अवधिको तुलनामा ४४.०७ प्रतिशतले धेरै हो । यस्तो कोषको आधार गत आवको सोही अवधिसम्ममा १२ अर्ब ३६ करोड रूपैयाँ रहेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

चालु आवको ९ महिनासम्मको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ४ अर्ब १ करोड रूपैयाँबाट बढेर ४ अर्ब ६५ करोड रूपैयाँ पुगेको छ भने कुल आम्दानी पनि ५ अर्ब २२ करोड रूपैयाँबाट बढेर ६ अर्ब १२ करोड रूपैयाँ पुगेको छ । कम्पनीको कुल खर्च पनि गत वर्ष ४ अर्ब ९२ करोड रूपैयाँ रहेकोमा यस वर्ष बढेर ५ अर्ब ७८ करोड रूपैयाँ नाघेको छ । चुक्ता पुँजी ५ अर्ब १ करोड रूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा साढे १ करोड रूपैयाँभन्दा बढी, जगेडा कोषमा करीब ३१ करोड रूपैयाँ सञ्चिति रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) गत वर्ष ९.७१ रूपैयाँ रहेकोमा यस वर्ष घटेर ८.९८ रूपैयाँमा झरेको छ भने प्रतिसेयर नेटवर्थ ११०.६० रूपैयाँ रहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्