Skip to content

सन नेपाल लाइफको नाफा ३२ करोड ८९ लाख

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिममा सन नेपाल लाइफ इन्स्योरेन्सले ३२ करोड ८९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ३३.३६ प्रतिशतले कम हो ।

कम्पनीले गत आवको सोही अवधिसम्ममा ४९ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा कम्पनीले कुल बीमा शुल्क आर्जनमा भने वृद्धि गरेको छ । चालु आवको ९ महिनासम्मको अवधिमा कम्पनीले ३ अर्ब ७१ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले २ अर्ब७८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको थियो ।

अर्घाखाँची सिमेन्ट
Hyundai

कम्पनीको जीवन बीमा कोषमा ७ अर्ब ६९ लाख रुपैयाँ रहेको छ । हाल यसको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख ६० हजार रुपैयाँ छ । यसको रिटेन्ड अर्निङमा ८१ करोड ९४ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ०७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्