Skip to content
Prabhu

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम १० अर्ब माथि

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेको छ । पहिलो दिनको कारोबार दिन नेप्से परिसूचक १२ दशमलव ५३ अंकले घटेर २६४९ दशमलव ११ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको सेयर मूल्य भने आज बढेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ७५ अंकले घटेर ४४६ दशमलव १३ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ४ वटाको सेयर मूल्य बढेको छ भने ९ वटा उपसूचकको सेयर मूल्य घटेर कारोबार भएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

परिसूचक घटेको दिन आज सेयर बजारमा १० अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३०० कम्पनीका २ करोड ४० लाख ११ हजार १४ कित्ता सेयर ८८ हजार ९५५ पटक खरिद बिक्री हुँदा १० अर्ब २० करोड २७ लाख १ हजार ३४४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा सेयर बजारमा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्