Skip to content
Prabhu

सेयर बजार घट्दा पनि ५ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द हुँदा पाँच कम्पनीमा सकारात्मक सर्किट लागेको छ । आज ८२ कम्पनीको सेयर मूल्य बढेको दिन नेपाल माइक्रो इन्स्योरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन हाइड्रोपावर, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र ओम मेगाश्री फरमासिटिकल्समा सकारात्मक सर्किट लागेर कारोबार भएको हो ।

आज नेपाल मइक्रो इन्स्योरेन्सको सेयर मूल्य २२३ रुपैयाँ ४० पैसाले बढेर २ हजार ४५७ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । त्यस्तै आज क्रेस्ट माइक्रो लाइफको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् १८४ रुपैयाँ ७० पैसाले बढेर २ हजार ३१ रुपैयाँ ७० पैसा पुगेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

आज सेयर बजारमा हिमालयन हाइड्रोपावरको सेयर मूल्य ४२ रुपैयाँ ७२ पैसाले बढेर ४७० रुपैयाँ ५० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले बढी हो । आज जोशी हाइड्रोपावरको सेयर मूल्य पनि ९.९९ प्रतिशत अर्थात् ३८ रुपैयाँ ०४ पैसाले बढेर ४१८ रुपैयाँ ८० पैसा पुगेको छ । त्यस्तै आज ओम मेगाश्रीको सेयर मूल्य ४३ रुपैयाँ ४० पैसाले बढेर ४७८ रुपैयाँ १० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले बढी हो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्