काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द हुँदा १६४ कम्पनीको सेयर मूल्य घटेर कारोबार बन्द भयो । आज सेयर बजारमा धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा ३ हाइड्रोपाव र एक विकास बैंक तथा एउटा मर्चेन्ट बैंक तथा फाइनान्स कम्पनी रहेको छ ।
आज सेयर बजारमा धेरै मूल्य घट्ने विकास बैंककमा सिन्धु विकास बैंक, गुहेश्वरी मेर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स, सिनर्जी पावर डेभलपमेन्ट लिमिटेड, हाइड्रो इलेक्ट्रोसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र सानिमा मिडल तमोर हाइड्रोपावर रहेका छन् । आज सिन्धु विकास बैंकको सेयर मूल्य ६६ रुपैयाँ ३८ पैसाले घटेर ८२५ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.४५ प्रतिशतले कम हो । त्यस्तै गुहेश्वरीको सेयर मूल्य ५.६६ प्रतिशत अर्थात् २८ रुपैयाँ ८३ पैसाले घटेर ४८० रुपैयाँ २० पैसा पुगेको छ ।
त्यस्तै आज सनिर्जी पावरको सेयर मूल्य पनि २० रुपैयाँ ३३ पैसाले घटेर ३८३ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ५.०४ प्रतिशतले कम हो । आज हाइड्रोइलेक्ट्रोसिटिको सेयर मूल्य १५ रुपैयाँ ४३ पैसाले घटेर २९६ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.९५ प्रतिशतले कम हो । त्यस्तै आज सानिमा मिडल तमोरको सेयर मूल्य पनि ४.८२ प्रतिशत अर्थात् २५ रुपैयाँ ७७ पैसाले घटेर ५०९ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्