काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नाफा चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २७ प्रतिशले नाफा बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको भन्दा २७.१४ प्रतिशतले नाफा बढेको हो ।
वित्तीय विवरण अनुसार कम्पनीले चैत मसान्तसम्म ३५ करोड ७६ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको यस्तो नाफा २८ लाख १३ करोड रूपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ४ अर्ब ८१ करोड रूपैयाँ नाघेको छ । ९ महिनामा कम्पनीको कुल आम्दानी २२.५२ प्रतिशतले वृद्धि हुँदा कुल खर्च २०.८० प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानी ५ अर्ब २१ करोड रूपैयाँबाट बढेर ६ अर्ब ३९ करोड नाघ्दा कुल खर्च ४ अर्ब ९३ करोडबाट बढेर ५ अर्ब ९६ करोड रूपैयाँ नाघेको छ ।
५ अर्ब रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २१ करोड १२ लाख रूपैयाँ र जगेडा कोषमा करीब साढे ९८ करोड रूपैयाँ सञ्चिति रहेको छ । गत वर्ष १२ अर्ब ५१ करोड रूपैयाँ रहेको जीवन बीमा कोषको आकार करीब ४४ प्रतिशतले वृद्धि भएर १८ अर्ब रूपैयाँ नाघेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ९.५४ रूपैयाँ र प्रतिसेयर नेटवर्थ १४६.९१ रूपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस्