काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा १७ करोड भन्दा माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत नाफा १७ करोड ८४ लाख रुपैयाँ पुगेको हो ।
चालु आर्थिक वर्षको ९ महिनामा कम्पनीले गत आवको सोही अवधिको तुलनामा ३९.४४ प्रतिशतले कम हो । कम्पनीले गत आवको सोही अवधिमा २९ करोड ४६ लाख रुपैयाँ बराबरको मुनाफा आर्जन गरेको थियो । नेपाल इन्स्योरेन्सको कुल बीमा शुल्क आर्जन ७.३७ प्रतिशतले बृद्धि भएर १ अर्ब २७ करोड ९७ लाख रुपैयाँ रहेको छ । कम्पनीले गत आवको सोही अवधिमा १ अर्ब १९ करोड १९ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनी कर्जा तथा लगानी मार्फत २१ करोड २४ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । १ अर्ब ८९ करोड रुपैयाँ रहेको नेपाल इन्स्योेरेन्सको जगेडा कोषमा ८ करोड ७१ लाख रुपैयाँ र बीमा कोषमा दुई अर्ब ७८ करोड ८२ लाख रुपैयाँ सञ्चिती रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ५८ पैसा र नेटवर्थ पर सेयर १९० रुपैयाँ ९१ पैसा रहेको छ । समीक्षा अवधिमा कम्पनीमा १ लाख ६० हजार बीमा पोलिसी कायम रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्