Skip to content
Prabhu

तेस्रो त्रैमासिकसम्ममा सानिमा जिआईसीको मुनाफा १६ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्मको अवधिमा सानिमा जिआईसी इन्स्योरेन्सको नाफा १६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अपष्किृत वित्तीय विवरण अनुसार गत आवको सोही अवधिको तुलनामा १६.२१ प्रतिशतले नाफा बढेको हो ।

कम्पनीले चालु आवको चैत मसान्तसम्म २३ करोड ३५ लाख रूपैयाँ खुद नाफा गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा २० करोड ९ लाख रूपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीको कुल आम्दानी ८.३१ प्रतिशतले बढ्दा खर्च भने ४.८७ प्रतिशतले बढेको छ । कम्पनीको कुल आम्दानी ९४ करोड ७७ लाख रूपैयाँबाट बढेर १ अर्ब २ करोड ६४ लाख पुग्दा खर्च भने ६६ करोड ६ लाख रूपैयाँबाट बढेर ६९ करोड २८ लाख रूपैयाँ नाघेको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

गत वर्ष ४९ करोड ४३ लाख रूपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीको यस वर्ष ०.२० प्रतिशतले बढेर ४९ करोड ५२ लाख रूपैयाँमा पुगेको छ । चुक्ता पुँजी २ अर्बरूपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४ करोड ३५ लाख रूपैयाँ र जगेडा कोषमा २८ करोड ९६ लाख रूपैयाँ सञ्चिति रहेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १५.५७ रूपैयाँले छ भने प्रतिसेयर नेटवर्थ १५८.३२ रूपैयाँ रहेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्